काठमाण्डौ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक पार्टी नेतृत्वमा निर्वाचित भएका छन्।
बुधबार सम्पन्न निर्वाचनमार्फत ओली लगातार तेस्रो कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन्। यसअघि नवौँ र दशौँ महाधिवेशनबाट पनि उनी नै पार्टी अध्यक्षमा निर्वाचित भएका थिए।
निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार ओलीले १ हजार ६६३ मत प्राप्त गर्दै अध्यक्ष पदमा विजयी भएका छन्। उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५६४ मत मात्र प्राप्त गरेका छन्।
2025-12-18
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार