काठमाण्डौ : गाजापट्टीमा भारी वर्षा र शक्तिशाली हावाहुरीले विस्थापित मानिसहरू बसिरहेका सयौं पालहरू डुबानमा पारेको अधिकारीहरूले बताएका छन्।
गाजाको नागरिक रक्षाका प्रवक्ता महमुद बसलले बताएअनुसार, पालहरू डुबानमा परेपछि र शक्तिशाली हावाले नष्ट गरेपछि सयौं बासिन्दाहरुले सहयोगका लागि विभागमा फोन गरेका थिए।
उनले स्थितिलाई विनाशकारी भन्दै पूर्वाधारमा भएको क्षति र जारी प्रतिबन्धकाबीच अत्यावश्यक सेवा र आवश्यकताहरूको अभाव रहेको बताए। यसैबीच गाजाको सरकारी मिडिया कार्यालयका निर्देशक इस्माइल थावाब्ताले बताएअनुसार १ लाख ३० हजारभन्दा बढी पालहरूमध्ये १ लाख २० हजारभन्दा बढी पालहरू बारम्बारको आँधी र गर्मीकाकारण जीर्ण र बस्न अयोग्य भएका छन्। उनले २ लाख ८० हजारभन्दा बढी परिवार घरबारविहीन भएकोसमेत जानकारीदिए।
2026-03-28
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार