काठमाण्डौ : एसिया कप क्रिकेटमा पाकिस्तानले युएईलाई ४१ रनले पराजित गरेको छ।
गएराति सम्पन्न खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १४६ रन बनाएको थियो।
जवाफमा युएईले १७ दशमलव ४ ओभरमा केवल १०५ रन मात्र बनाउन सक्यो र अलआउट भयो।
पाकिस्तानका फखर जमानले ५०, शाहीन अफ्रिदीले २९ रन बनाए। युएईका जुनैद सिद्दिकीले चार विकेट लिए भने राहुल चोप्राले ३५ रन बनाए।
जितसँगै पाकिस्तानले सुपर ४ मा नै स्थान पक्का गरेको छ । समूह ‘ए’ मा लगातार दुई खेल जितेको भारत शीर्ष स्थानमा छ।
यो समूहको अन्तिम खेलमा ओमानले भारतको सामना गर्नेछ। समूह ‘ए’मा भारत चार अंकसहित शीर्ष स्थानमा छ भने समान अंक रहेको पाकिस्तान दोस्रो स्थानमा छ।
प्रतियोगिताअन्तर्गत आज श्रीलंका र अफगानिस्तान आमनेसामने हुनेछन्।
2025-09-18
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार