काठमाण्डौ : नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवं सांसद राजेन्द्र पाण्डेले बर्षा जारी रहुन्जेल रात्री बस संचालन बन्द गर्न माग गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पाण्डेले मौसममा सुधार नभएसम्म कम्तिमा भाद्र १५ सम्म रात्री बस संचालनमा रोक लगाउन माग गरेका हुन् ।
उनले नारायणगढ –मुग्लिन सडकखण्डमा गएराती पहिरोमा परेर दुई यात्रीबस त्रिशुली नदीमा खसेको विषयमा तत्काल बसको खोजी र उद्धार गर्न माग गरेका थिए ।
सरकारले विपद्बाट जोगाउन सरकारले पूर्वतयारी नगरेको बताउदै तत्काल राहत र उद्धार गर्न सरकारको ध्यानाकर्षण गरेका छन् ।
2024-07-12
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार