Listen LIVE

त्रिशूली र नारायणी नदीमा जलसतह बढ्यो, सतर्कता अपनाउन आग्रह

काठमाण्डौ : रसुवा भोटेकोशी क्षेत्रबाट आएको बाढीका कारण त्रिशूली नदीको जलसतहमा उल्लेख्य वृद्धि भएको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार गल्छी धादिङस्थित बाढीमापन केन्द्रमा त्रिशूली नदीको जलसतह करिब ३ मिटरले बढेको रेकर्ड गरिएको छ ।

यसैगरी, गण्डकी प्रदेशका विभिन्न जलाधार क्षेत्रहरूमा पनि भारी वर्षा मापन भएको छ । निरन्तरको वर्षाका कारण नारायणी नदी तथा यसका सहायक नदीहरूमा समेत बहाव तीव्र गतिमा बढ्ने क्रम जारी रहेको छ ।

नदीहरूमा जलसतह बढ्दो क्रममा रहेकाले बाढी पूर्वानुमान महाशाखा तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले त्रिशूली र नारायणी नदी तटीय क्षेत्रका सम्पूर्ण बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन विशेष अनुरोध गरेका छन् ।

प्रतिक्रिया