काठमाण्डौ : भोटेकोशी नदीमा बाढीको बहाव बढे पनि हाल रसुवा, नुवाकोट तथा धादिङका तटीय क्षेत्रहरूमा ठूलो बाढीको जोखिम नरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रसुवाबाट प्राप्त सूचना अनुसार भोटेकोशी नदीमा पानीको बहाव बढेको देखिएको थियो । त्यसको प्रभावले नुवाकोट क्षेत्रमा पनि नदीको सतह केही बढेको पाइए पनि बहाव ठूलो र खतरनाक स्थितिमा नरहेको महाशाखाले स्पष्ट पारेको छ ।
उक्त वस्तुस्थितिलाई आधार मान्दै महाशाखाले हालका लागि रसुवा, नुवाकोट र धादिङसम्मका नदी आसपासका क्षेत्रहरूमा ठूलो बाढीको जोखिम नरहेको जानकारी दिएको छ ।
यद्यपि, वर्षायाम जारी रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
2026-08-30
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार