काठमाण्डौ : इजरायलले एकै दिन लेबनानका कम्तीमा १२० ठाउँमा हवाई आक्रमण गरेको छ। हिजबुल्लाह समूह लक्षित १०० भन्दा बढी लडाकु विमानबाट इजरायलले ती क्षेत्रमा आक्रमण गरेको हो ।
आक्रमणबाट राजधानी बेरुतसहित दक्षिणी लेबनानका विभिन्न ठाउँमा कैयौँ भवन ध्वस्त भएका छन्। ती भवन हिजबुल्लाह समूहका हतियार केन्द्र या अन्य रणनीतिक केन्द्र रहेको इजरायली सेनाको दाबी छ।
हिजबुल्लाह समूहले पनि इजरायलमा १३० वटा मिसाइल प्रहार गरेको छ। इजरायली सेनाका अनुसार हिजबुल्लाहले प्रहार गरेका सबै मिसाइल आकाशमै नष्ट गरिएको छ । यसैबीच इजरायली सेनाले गाजामा गरेको आक्रमणमा ७७ जनाको मृत्यु भएको छ।
हमास समूहले इजरायलमा घुसेर आक्रमण गरेको एक वर्ष पुगेको दिन इजरायली सेनाले गाजामा गरेको आक्रमणमा ७७ जनाको मृत्यु भएको र १०० भन्दा बढी घाइते भएको जनाइएको छ। गत वर्षको अक्टोबर ७ मा हमास समूहले इजरायलमा गरेको आक्रमणमा १२ सय मानिस मारिएका थिए । त्यसयता इजरायली सेनाले गाजामा जारी राखेको आक्रमणमा ४१ हजार मानिस मारिएका छन्।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार