काठमाण्डौ : सिरिल रामाफोसा फेरि दक्षिण अफ्रिकाको राष्ट्रपति निर्वाचित भएका छन् ।
सत्तारुढ अफ्रिकी राष्ट्रिय कांग्रेस एएनसी र प्रमुख विपक्षी दलबीच भएको ऐतिहासिक गठबन्धनपछि दक्षिण अफ्रिकी संसदले रामाफोसालाई राष्ट्रपतिमा निर्वाचित गरेको हो ।
रामाफोसाको सरकारमा एएनसी, सेन्टर–राइट डेमोक्रेटिक अलाइन्स डीए र केही साना पार्टी सहभागी भएका छन् । दक्षिण अफ्रिकामा केही समयदेखि चलेको सत्ताको रस्साकस्सीपछि प्रमुख विपक्षी दलसँग मिलेर रामाफोसाले सरकार गठन गरेका छन् ।
यसअघि उनी सन् २०१८ मा पहिलो पटक दक्षिण अफ्रिकाको राष्ट्रपति निर्वाचित भएका थिए । त्यतिबेला पनि सत्ताका लागि भएको कठिन संघर्षपछि रामाफोसाले ज्याकब जुमालाई विस्थापित गरेर पार्टी र देशको सत्ताको नेतृत्व लिएका थिए ।
2024-06-16
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार