Listen LIVE

हेपोन र हिभोनले गरे नेपालगञ्जमा क्षमता अभिबृद्धि तालिम

नेपालगञ्ज : नेपाल स्वास्थ्यकर्मी संघ (हेपोन) र नेपाल स्वयंसेवक संघ (हिभोन) ले नेपालगञ्जमा दुई छुट्टाछुटै कार्यक्रम सम्पन्न गरेका छन् । नेपाल स्वास्थ्यकर्मी संघले निजी क्षेत्रका स्वास्थ्यकर्मीका लागि एक दिने ट्रेड युनियन अधिकार र सामाजिक सुरक्षा कोषसम्बन्धि क्षमता अभिबृद्धि तालिम तथा स्वयंसेवक संघले दुई दिने क्षमता अभिबृद्धि कार्यशााला र महिला स्वास्थ्य स्वयंसेविका संगठन विस्तार कार्यक्रम सम्पन्न गरेका हुन् । 

नेपाल स्वास्थ्यकर्मी संघले शनिबार आयोजना गरेको तालिममा ४० जना सहभागी थिए । तालिममा नेपाल स्वास्थ्यकर्मी संघका केन्द्रिय अध्यक्ष रामजी घिमिरे र सामाजिक सुरक्षा कोष नेपालगञ्जका कार्यालय प्रमुख चिरञ्जिबी न्यौपानेले प्रशिक्षण दिएका थिए । यस्तै नेपाल महिला स्वास्थ्य स्वयंसेविकाको दुई दिने कार्यशालामा केन्द्रिय अध्यक्ष बसन्ती महर्जन, महासचिव कोपिला पोख्रेल तथा लुम्बिनी प्रदेश संगठकद्वय केमकला भुषाल र बसन्ता पोख्रेलले सहजीकरण गरेका थिए । यो कार्यशालामा ३० जना महिला स्वास्थ्य स्वयंसेविकाको सहभागिता थियो । कार्यशाला शनिबार र आइतबार गरिएको थियो । 

त्यस अवसरमा नेपाली कांग्रेस बाँकेका उपसभापति गोपाल प्रसाद अधिकारी, लुम्बिनी प्रदेश सदस्य एवम् स्वास्थ्य विभाग प्रमुख अञ्जना पाण्डे, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि यम बहादुर खड्का, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति प्रा. डा. राजेन्द्रराज वाग्ले, नेपालगञ्ज मेडिकल कलेजका प्रा. डा. ढुण्डी पौडेल, ट्रेड युनियन कांग्रेस बाँकेका कार्यबहाक अध्यक्ष तोजिन्द्र विक, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख एवम् हेपोनका पूर्व केन्द्रिय उपाध्यक्ष अंगद बहादुर शाही, प्रदेश अध्यक्ष नवनारायण बेलबासे, स्वास्थ्यकर्मी संघका पूर्व उपाध्यक्ष देवेन्द्र केसी, नेपाल स्वयंसेवक संघकी कोषाध्यक्ष गोपी राउत, हेपोन बाँकेका कार्यबहाक जिल्ला अध्यक्ष विरजंग शाह, सचिव तेज वली, प्रजातन्त्रबादी जनस्वास्थ्य संघका केन्द्रिय उपाध्यक्ष नरेशबाबु श्रेष्ठ, पिएसआईका लेखा अधिकृत सुदिप सापकोटा लगायतको उपस्थिति थियो । पिएसआईको सहयोगमा कार्यक्रम सम्पन्न भएका हुन् ।

प्रतिक्रिया