नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका–२० का वडाध्यक्ष कौशलकुमार धोवीसहित चार जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । वडाध्यक्ष धोवीसहित चार जनाविरुद्ध सरकारी कागजात सच्याएको तथा नक्कली करारनामा तयार गरी प्रमाण सिर्जना गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाध्यक्ष धोवी, वडा सचिव वीरबहादुर थापा मगर तथा नेपालगञ्ज–२० का रविन्द्र लामिछाने र उदयपुर चौदण्डीगढी नगरपालिका–५ का विकासकुमार चापागाईविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको जनाएको छ ।
वडाध्यक्ष धोवी र वडा सचिव थापामगरले पदको दुरुपयोग गरी वडा कार्यालयका सरकारी अभिलेखमा रहेको लिखत प्रमाणित दर्ता किताबमा फेरबदल गरेको आरोपपत्रमा उल्लेख गरिएको छ । आयोगका अनुसार अनुसन्धानका क्रममा उनीहरूले अन्य प्रतिवादीसँगको मिलेमतोमा गैरकानुनी लाभ लिने–दिने उद्देश्यले सरकारी कागजात सच्याएको खुलेको छ ।
विशेष अदालतमा विचाराधीन भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाका प्रतिवादी रविन्द्र लामिछाने र विकासकुमार चापागाईबीच जग्गा खरिदका लागि भएको भनिएको ७० लाख रुपैयाँको लेनदेनलाई पुष्टि गर्ने उद्देश्यले झुट्टा तथा नक्कली करारनामा तयार गरिएको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार