काठमाण्डौ : कोपा अमेरिका फुटलमा आयोजक अमेरिका समूह चरणबाटै बाहिरिएको छ।
आज बिहान अमेरिकाको एरोहेड स्टेडियममा भएको खेलमा उरुग्वेसँग १–० ले पराजित हुँदै अमेरिका समूह चरणबाट बाहिरिएको हो। अमेरिकालाई पराजित गर्न उरुग्वेका मथिहास ओलिभेराले ६६औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।
योसँगै कोपा अमेरिकाको १५ पटकको विजेता उरुग्वे समूह विजेता बन्दै अन्तिम आठमा प्रवेश गरेको छ।
आजै भएको अर्को खेलमा पनामाले बोलिभियालाई ३–१ गोलले हराउँदै अन्तिम ८ को यात्रा तय ग¥यो। पनमाले २२औँ ७९औँ र अतिरिक्त समयमा गोल ग¥यो। बोलिभियाका लागि एकमात्र गोल ६९औँ मिनेटमा भएको थियो। जितसँगै पनमा समूह उपविजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ।
समूह चरणका अन्तिम खेलमा भोलि बिहान कोलम्बिया र ब्राजिल तथा कोष्टारिका भिड्नेछन्।
2024-07-02
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार