Listen LIVE

टी–२० आई शृंखलाको तेस्रो खेलमा नेपाल पराजित

काठमाण्डौ : मलेसियासँगको टी–२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत तेस्रो खेलमा नेपाली महिला राष्ट्रिय क्रिकेट टोली पराजति भएको छ। क्वालालम्पुरस्थित वायुमास ओभलमा भएको खेलमा नेपाल मलेसियासँग १३ रनले पराजित भएको हो। 

मलेसियाले दिएको १२१ रनको लक्ष्य पछ्याएको नेपालले पुरै ओभरमा ८ विकेट गुमाएर १०७ रन मात्रै बनायो। नेपालका लागि रुवि पोदारले सर्वाधिक ३१, सम्झना खड्का १८ र इन्दु बर्मा २२ मा अविजित रहिन्। 

मलेसियाका अइस्या इलीसा र नुर दानियाले १–१ विकेट लिए। 

त्यसअघि पहिला ब्याटिङ गरेको मलेसियाले आइन्ना हमिजाहको अर्धकसतकको सहयातामा १२० रन बनाएको थियो। हमिजाहले सर्वाधिक ५८ बलमा ६१ बनाइन्।

मास इलिस्याले ३० तथा वान जुलियाले १६ रन बनाए। 

नेपालका लागि कविता कुँवर र कविता जेशीले २–२ विकेट लिए। 

यससँगै पाँच खेलको सिरिजमा नेपाल २–१ ले पछि परेको छ। अब अर्काे खेल मंगलबार खेल्नेछ।

प्रतिक्रिया