सल्यान : नेपाली सेनाले दुर्गम क्षेत्रका नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिएको छ । सल्यान सिमखर्कस्थित श्री सिद्धिवक्स गण सल्यानले एक दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना स्वास्थ्य सेवा दिएको हो ।
सिद्धकुमाख गाउँपालिका १ र २ भडारेमा स्वास्थ्य शिविरको आयोजना गरी सेवा दिएको श्री सिद्धिवक्स गण सिमखर्कका प्रमुख सेनानी कृष्णचन्द्र ठकुल्लाले जानकारी दिए । उनका अनुसार १९ नम्बर वाहिनी तुलसीपुर दाङ र श्री सिद्धिवक्स गण सिमखर्कले एक दिने सेवा दिएको हो ।
स्वास्थ्य शिविरमा ज्येष्ठ नागरिक, महिला र बालबालिकाले सेवा लिएको नेपाली सेनाले जनाएको छ । शिविरमा विशेषज्ञ डाक्टर सहितको टोलीले ७० जना बिरामीलाई सेवा प्रदान गरेका थिए । शिविर हाडजोर्नी, स्त्रीरोग, बाल रोग, नाक, कान घाटी लगायतको रोगको उपचार गरिएको थियो । नेपाली सेनाबाट पहिलो पटक स्वास्थ्य उपचार सेवा पाएपछि स्थानीयले खुसी व्यक्त गरेका थिए । नेपाली सेना र नागरिकबिच पारस्परिक सम्बन्ध बढाउने उद्देश्य सहित दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा सञ्चालन गरेको उनले बताए । सेनाको सामाजिक तथा जनहित कार्य अन्तर्गत स्वास्थ्य शिविरको आयोजना गरिएको प्रमुख ठकुल्लाले बताए । उनले भने, “जिल्लाका सबै स्थानीय तहमा केही न केही जनसेवाको कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ ।“
सिद्धकुमाख गाउँपालिकाका उपाध्यक्ष रामबहादुर बस्नेतले नेपाली सेनाले पालिकाको दुर्गम स्थानमा स्वास्थ्य शिविर आयोजना गर्नु जनतासँग सेनालाई जोड्ने रचनात्मक कार्य भएको बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार