Listen LIVE

बाँके प्रहरीद्वारा भन्सार छलीका सामान बरामद

नेपालगञ्ज : बाँके प्रहरीले अवैधरूपमा भन्सार छली गरी नेपाल भित्र्याइएका विभिन्न सामान बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, नेपालगञ्ज उपमहानगरपालिका–१५ र १७ क्षेत्रमा गरिएको निगरानी तथा चेकजाँचका क्रममा भन्सार छली गरी ल्याइएका विभिन्न सामग्री बरामद गरिएको हो।

बरामद सामानमा फलफूल, माउन्टेन ड्यू नामक पेय पदार्थ, सेन्ट (अत्तर) तथा मोबाइलका ग्लास रहेका छन्। ती सामानको अनुमानित मूल्य रु. १ लाख ७९ हजार २ सय ९० रहेको प्रहरीले जनाएको छ।

बरामद गरिएका सबै सामान आवश्यक कानुनी कारबाहीका लागि भन्सार कार्यालय नेपालगञ्जमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रतिक्रिया