Listen LIVE

जेनजीको नाममा तोडफोड, आगजनी र लुटपाट गर्नलाई कारबाहीको माग

नेपालगञ्ज : नेकपा एमाले, बाँकेले भदौ २३ र २४ गते जेनजीको नाममा सरकारी, सार्वजनिक र व्यक्तिगत सम्पति तोडफोड, आगजनी र लुटपाट गर्नेलाई कारबाहीको माग गरेको छ ।

एमालेले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको हो ।

जिल्ला प्रशासन कार्यालय, बाँकेमा पुगेका एमालेका केन्द्रीय तथा जिल्ला नेता–कार्यकर्ताले प्रमुख जिल्ला अधिकारी दिलबहादुर तामाङमार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।

ज्ञापन पत्रमा जेनजीको नाममा सरकारी, सार्वजनिक र व्यक्तिगत सम्पति तोडफोड, आगजनी र लुटपाट गर्नेलाई कारबाहीको माग गरिएको छ ।

भदौ २४ गते बाँकेमा जिल्ला प्रशासन, मालपोत, राजश्व, अदालत, भन्सार, नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, एमाले र कांग्रेस पार्टी कार्यालय तोडफोड, आगजनी र लुटपाट गरिएको थियो ।

एमालेका जिल्ला अध्यक्ष निरक गुरुङको नेतृत्वमा केन्द्रीय सदस्यद्वय सूर्य ढकाल र मो. हारुनलगायत जिल्लाका नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।

एमालेले जिल्लाका सरकारी, सार्वजनिक र व्यक्तिगत सम्पति तोडफोड, आगजनी र लुटपाट गर्ने कोहीकोविरुद्वमा पनि किटानी जाहेरी दिएको छैन ।

यसअघि युवा संघ, बाँकेले काठमाडौँका मेयर बालेन्द्र साह र सुदन गुरुङविरुद्व प्रहरीमा जाहेरी दिएको थियो ।

प्रतिक्रिया