Listen LIVE

एसीसी प्रिमियर कप : नेपालले हङकङलाई हरायो

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार तेस्रो जित हासिल गरेको छ । सोमबार सम्पन्न खेलमा नेपालले हङकङलाई आठ विकेटले पराजित गरेको हो । 

टस हारेर पहिले ब्याटिङ गरेको हङकङले नेपाललाई एक सय १४ रनको लक्ष्य दिएको थियो । हङकङ १७.५ ओभरमा अलआउट भएको थियो । 

नेपालले भने दुई विकेट गुमाएर १२.२ ओभरमा जित हासिल गरेको छ । वर्षाका कारण निर्धारित समयभन्दा ढिलो सुरु भएकाले खेल १८–१८ ओभरमा झारिएको थियो ।

यसअघि नेपाली टोलीले आफ्नो पहिलो खेलमा मलेसियालाई पाँच विकेटले र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो । नेपाली टोली ६ अंकसहित समूह ‘ए’ तालिकाको पहिलो स्थानमा छ ।

प्रतिक्रिया