नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले नगर क्षेत्रमा छाडा पशुचौपाया नियन्त्रण तथा व्यवस्थापन अभियानलाई निरन्तरता दिएको छ ।
उपमहानगरपालिकाले आज बिहान ६ बजेदेखि नगरका विभिन्न स्थानबाट ९ वटा गाई, बाच्छा, बाछी तथा गोरु र ६ वटा घोडा, घोडी तथा बछेरा गरी १५ वटा छाडा पशुचौपाया संकलन गरेको हो ।
संकलन गरिएका पशुचौपायालाई नेपालगञ्ज उपमहानगरपालिका–२१ बिर्तास्थित कान्जीहाउसमा व्यवस्थापन गरिएको छ । उपमहानगरपालिकाले नगरलाई छाडा पशुचौपायामुक्त बनाउने उद्देश्यले संकलन, नियन्त्रण र व्यवस्थापनको काम निरन्तर रूपमा गर्दै आएको नगर प्रहरी प्रमुख सूर्य बहादुर बोगटीले बताए ।
2026-08-17
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार