Listen LIVE

बर्दियामा छोराले गरे आफ्नै बुवाको हत्या

बर्दिया : आफ्नै बुवा ४९ वर्षीय टेकराज उपाध्यायको हत्या गरेको अभियोगमा गेरूवा गाउँपालिका–५ जुगुतपुर बस्ने १९ वर्षीय सरगम आचार्यलाई गएराति प्रहरीले पक्राउ गरेको छ । 

सरगमले कुटपिट गर्दा टेकराजको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पाताभार र प्रहरी चौकी पशुपतिनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया