दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित एमाले र कांग्रेसबाट आठजना बिना विभागीय मन्त्रीहरुले बुधवार बिहान पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराएका हुन् । लुम्बिनीमा एमालेले मुख्यमन्त्रीसहित ५ र कांग्रेसले ५ मन्त्रालय पाएका छन् ।
मन्त्रीहरुको शपथ लिनेहरुमा नेकपा (एमाले) बाट रुपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, पाल्पाका खेम सारु र दाङका सीता शर्मा रहनुभएको छ । यसैगरी नेपाली कांग्रेसबाट चार जनाले शपथ लिएका छन् । शपथ लिनेमा गुल्मीबाट धनेन्द्र कार्की, प्युठानका सरोज थापा (रोज राणा), दाङका प्रचण्डविक्रम न्यौपाने, बाँकेका बादशाह कुर्मी छन् ।
आज बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका सबै मन्त्रीलाई भोलिसम्ममा मन्त्रालयको जिम्मेवारी दिने जनाइएको छ । लुम्बिनीमा एमाले र कांग्रेसका ५६ सांसदको हस्ताक्षरमा सोमबार एमाले लुुम्बिनी प्रदेशका उपनेता चेतनारायण आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
८७ सदस्यीय प्रदेश सभामा माओवादीका १०, नेकपा एस, जनमोर्चा र स्वतन्त्रका एक–एक गरी १३ सांसद मात्र विपक्षमा छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार