Listen LIVE

पहाडको अल्लोबाट तराईमा धागो उत्पादन

नेपालगञ्ज : बाँकेको कोहलपुर–१३ मा रहेको 'लक्ष्मी अल्लो धागो उद्योग'ले परम्परागत अल्लो प्रशोधन तथा धागो उत्पादनको काम गर्दै आएको छ ।

रोल्पाबाट ल्याइने कच्चा अल्लोलाई यहाँ प्रशोधन गरी भुवा र धागो तयार पारिन्छ । त्यसपछि उत्पादनलाई बजारसम्म पु¥याइने गरिएको उद्योगसँग सम्बन्धित पक्षहरू बताउँछन् ।

अल्लो प्रशोधनका लागि प्रशस्त खुला ठाउँ र पर्याप्त पानी आवश्यक पर्ने भएकाले कोहलपुरमा यो उद्योग विशेषगरी सिजनल रूपमा सञ्चालन हुने गरेको छ । उद्योगमा अल्लो धुने, सुकाउने, कुट्ने तथा धागो बनाउने काममा दर्जनौं महिला खटिएका छन् ।

यस उद्योगले स्थानीय महिलालाई मौसमी रोजगारी प्रदान गर्नुका साथै परम्परागत सीप र घरेलु उद्योगको संरक्षणमा समेत योगदान पु¥याउँदै आएको छ ।

प्रतिक्रिया