नेपालगञ्ज : लागुऔषध नियन्त्रण ब्यूरोले लागुऔषध मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्जको टोलीले बाँकेको जिल्ला जानकी गाउँपालिका–५, वुडिया गाउँका २८ वर्षीय शहजाद खाँलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार शहजादलाई बाँके जिल्ला अदालतले २०८१ चैत १० गते जारी गरेको पक्राउ पुर्जीका आधारमा पक्राउ गरिएको हो।
ब्यूरोको टोलीले शहजादलाई १७ गते राति करिब ९ः३० बजे जानकी गाउँपालिका–५ स्थित वुडिया गाउँबाट फेला पारी नियन्त्रणमा लिएको थियो। कानुन बमोजिम खानतलासी गर्दा उनको साथबाट एक थान मोबाइल फोन समेत फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका शहजादलाई आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेमा बुझाइएको प्रहरीले जानकारी दिएको छ।
2026-01-02
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार