राजविराज : निर्वाचन आयोगले जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतलाई स्पष्टीकरण सोधेको छ।
सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका राउतमाथि निर्वाचन आचारसंहिता उल्लंघन गरेको उजुरी परेको हो।
आफु उम्मेदवार रहेको निर्वाचन क्षेत्रको सार्वजनिक स्थान (चौबाटो) मा आफ्नो निर्वाचन चिन्ह र झण्डाको तोरण बनाएर प्रदर्शन गरेको विषयमा उजुरी परेको व्यहोरा उल्लेख गरिएको छ।
आयोगका कानुन अधिकृत मोहनराज जोशीले पठाएको पत्रमा ३ दिनभित्र स्पष्टीकरण पेस गर्न भनिएको छ।
पत्रमा उजुरीमा उल्लेख भएअनुसार आफ्नो निर्वाचन क्षेत्रमा निर्वाचन चिन्ह र दलको झण्डाको तोरण बनाई सार्वजनिक प्रदर्शन गरेको हो वा होइन? तथा त्यसो भएको हो भन्ने सो कार्य निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को उपदफा (१) को खण्ड (ज) र (ढ) को प्रतिकूल हुन्छ वा हुँदैन? भन्ने उल्लेख गरिएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार