बारा : बाराको परवानीपुर गाउँपालिका १ रहरीया डिहमा बुधबार बिहानै एकै परिवारका २ जनाको हत्या भएको छ ।
४६ वर्षीया सुमित्रा देवी महतो मण्डल र २७ वर्षीय रामेश्वर महतो मण्डलको धारिलो हतियार प्रहार गरी हत्या भएको हो । मृतक दुवै जना आमा छोरा हुन् ।
सुमित्राका श्रीमान् जगरूप महतो मण्डल, उनकी छोरी २० वर्षीया रीना कुमारी गम्भीर र बुहारी मनिता समान्य घाइते छिन् । उनीहरूको परवानीपुरको एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।
घटनास्थल वरिपरि बाक्लो प्रहरी परिचालन गरिएको छ । हत्या कसले र किन गरेको हो भन्ने कारण खुलेको छैन । तालिम प्राप्त कुकुरको माध्यमले खोजतलास र घटनाको अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए ।
2026-01-28
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार