नेपालगञ्ज : गोपाल–नीना फाउण्डेशन, नेपाल र जनमत अद्र्धसाप्ताहिकद्वारा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । 'जनमत रक्तदान अभियानको ६९ औं श्रृङ्खला'मा ९ जना महिला सहित ४९ जनाले रक्तदान गरेका हुन् ।
त्रैमासिक रक्तदान कार्यक्रमको गोपाल–नीना फाउण्डेशन, नेपालका संस्थापक अध्यक्ष वरिष्ठ पेटरोग विशेषज्ञ डा. गौरव श्रेष्ठ, जनमत अद्र्ध साप्ताहिकका सम्पादक पूर्णलाल चुकेले नेरेसो, प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी र प्राविधिक होमराज गिरीलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी शुभारम्भ गरिएको थियो ।
रक्तदान जीवन दान'को महान उद्देश्यका साथ जनमत अद्र्ध साप्ताहिकको रजत उत्सवका अवसरमा २०६३ साल वैशाख २९ गतेदेखि निरन्तररुपमा सञ्चालन गर्दै आएको 'त्रैमासिक जनमत रक्तदान कार्यक्रमको ६९ औं श्रृङ्खला' मा जनमत रक्तदान अभियानमा रक्तदान गर्ने ६ जना स्वयम्सेवी नियमित रक्तदाताहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रम संयोजक शतक रक्तदाता पवन जायसवालका अनुसार सम्मनित हुने रक्तदाताहरु मनमोहन वर्मा, होमराज गिरी, धर्मेन्द्र सिंह, दिनेश प्रसाद तमोली, रुस्तम अली दर्जी र संजय बढईलाई फाउण्डेशनका संस्थापक अध्यक्ष वरिष्ठ पेटरोग विशेषज्ञ डा. गौरव श्रेष्ठ, फाउण्डेशनकी सहनिर्देशक डा.तृप्तीपाल रमण, जनमत अद्र्ध साप्ताहिकका सम्पादक पूर्णलाल चुके र नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका उपाध्यक्ष मनबहादुर केसीले सम्मान पत्र, शान्तिको प्रतीक भगवान गौतम वुद्धको मूर्ति प्रदान गरे ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार