Listen LIVE

मन्त्री चौधरीलाई पारिवारिक शोक

काठमाण्डौ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीलाई पारिवारिक शोक परेको छ। उनकी सासू महेश्वरीदेवी चौधरीको ८० वर्षको उमेरमा शुक्रबार निधन भएको हो।

दाङको लमही नगरपालिका–१ स्थित आफ्नै घरमा महेश्वरीदेवीको निधन भएको छोरा करण चौधरीले जानकारी दिए। सात भाई छोरा तीन छोरीकी आमा चौधरीको आज शनिबार परम्परागत रुपमा अन्त्येष्टि गर्ने जनाइएको छ।

मन्त्री चौधरीका श्रीमान् दिनेश चौधरीको २०६४ साल असार १२ गते दुर्घटनामा निधन भएको थियो। त्यसपश्चात् मन्त्री चौधरीले नै पारिवारिक जिम्मेवारी सम्हाल्दै आएको बताइन्छ।

प्रतिक्रिया