नेपालगञ्ज : प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा बाँकेमा नेपाली कांग्रेसमा प्रवेश गर्नेको लहर बढेको छ । कांग्रेसप्रति विश्वास राख्दै विभिन्न पार्टी परित्याग गर्ने क्रम बढेको हो । यसै क्रममा बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर १ अन्तरगत कोहलपुरमा जनता समाजवादी पार्टी नेपालका लुम्बिनी प्रदेश सदस्य इसरत अलि मुकेरीसहित करिव एक दर्जन व्यक्ति कांग्रेसमा प्रवेश गरेका छन् ।
उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार नारायण प्रसाद गौडेल, नेपाली कांग्रेस प्रदेश सभा–१ ‘ख’ का सभापति बलराम शर्मा, कांग्रेस महासमिति सदस्य एवम् कोहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद आचार्य लगायतले पार्टी सदस्यता हस्तान्तरण गरे । पार्टी प्रवेश गर्दै नेता मुकेरीले अहिलेको अवस्थामा कांग्रेस पार्टीले नै देशलाई सही निकास दिन सक्ने बताए । उनले धेरै पहिलादेखि कांग्रेसमा प्रवेश गर्ने कुरा नेताहरुसँग चलिरहे पनि आज आफ्नो इच्छा पुरा भएको बताए ।
सो क्रममा सम्बोधन गर्दै कांग्रेस बाँकेका सभापति समेत रहेका उम्मेदवार गौडेलले आसन्न प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसलाई जिताउन प्रत्येक वडामा सबै साथीहरु लाग्नुपर्ने बताए । पार्टीका उम्मेदवारलाई विजयी गराउन अहोरात्र खटिने विश्वास ब्यक्त गरे ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार