बर्दिया : पूर्व प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई २०६४ अवस्थामा फर्काउन पार्टीले जागरण अभियान सञ्चालन गरेको बताएका छन् ।
जनतासँग माओवादी तराई–मधेश जागरण अभियान अन्र्तगत हुलाकी राजमार्गमा पूर्वदेखि पश्चिमसम्मका जिल्लामा तराई जागरण अभियानका क्रममा बर्दियाको गुलरिया पुगेका अध्यक्ष प्रचण्डले सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत लिँदै गर्दा आफूले भने बमोजिम लोकतन्त्रिक मूल्य मान्यता र जनताको आकांक्षालाई केन्द्रमा राखेर सरकारका गलत कामलाई सार्वजनिक गर्न तराई मधेश जागरण सभामा सक्रिय भएको बताए ।
कार्यक्रममा माओवादीका उपाध्यक्ष पम्फा भुसाल, नेता कृष्णबहादुर महरा, महासचिव देव गुरुङलगायत सहभागी थिए ।
2025-04-04
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार