नेपालगञ्ज : कुनै बेला नेपालगञ्ज क्रिकेट खेलाडी उत्पादनमा गर्ने शहरका रुपमा चिनिन्थ्यो । यहाँबाट निस्केका धेरै खेलाडीले राष्ट्रिय जर्सी लगाए ।
मंगलप्रसाद माविको खेल मैदान खुल्ला हुँदासम्म नेपालगञ्जले क्रिकेट खेलाडी उत्पादन गर्याे भन्दा हुन्छ । स्कुलले पढाईमा डिष्टर्व भयो भनेर जवदेखि मैदानमा कडाई गर्याे, खेलाडीले खेल्न पाएनन् ।
यही मैदानमा खेलेर महेश क्षेत्री, अविनाश बोहराले राष्ट्रिय जर्सी लगाए । अझ नेपालको पहिलो महिला राष्ट्रिय टिममा कप्तान नेरी थापा, उपकप्तान ममता थापासहित ७ जना एकैपटक परे । यो पुस्ताको खेल मैदान पनि त्यही एमपी स्कुलको चौर थियो ।
पछिल्ला समयमा यहाँबाट राष्ट्रिय टीममा कोही परेका छैनन् । यो यस क्षेत्रका लागि बिडम्बनाको विषय हो ।
नेपालगञ्जको क्रिकेट किन खस्कियो त ? बाँके जिल्ला क्रिकेट संघका पूर्वअध्यक्ष दुर्गा थापा भन्छन्, झखेल मैदान नहुनु सबैभन्दा ठूलो कारण हो ।’
उनका अनुसार, खेल मैदान नहुँदा अभ्यास गर्न पाएका छैनन् । जब अभ्यास हुँदैन भने खेलको विकास हुने कुरै भएन ।
नेपालगञ्जमा क्रिकेट रंगशाला अति आवश्यक छ । यो कुरालाई एमालेका उम्मेदवार इस्तियाक राईले गम्भीरतापूर्वक लिएका छन् । राईले आफ्नो चुनावी प्रतिबद्धताको एक नम्बर बुँदामा आधुनिक क्रिकेट रंगशाला बनाएर क्रिकेटको केन्द्रको रुपमा नेपालगञ्जलाई पुनर्पहिचान गराउने कुरा उल्लेख छ । राईले क्रिकेट रंगशाला निर्माणलाई अर्जुनदृष्टि बनाएका छन् । एउटा रंगशाला हुने बित्तिकै नेपालगन्जमा क्रिकेट फर्किने मात्रै होइन, शहरको चिनारी र खेल पर्यटकीय क्षेत्र हुन सक्छ ।
त्यो कसरी ? राईको चिन्तन छ, भारत र पाकिस्तान एक–अर्काको देशमा गएर म्याच खेल्दैनन् । नेपालगन्जमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाएर सुरक्षाको प्रत्याभूत गरेर ती दुई राष्ट्रका खेलाडीलाई यहाँ ल्याएर म्याच खेलाउन सकिन्छ । यति गर्ने हो भने नेपालगन्जमा खेल पर्यटक बढ्छ । शहर गुल्जार हुन्छ, आर्थिक रुपमा चलायमान हुन्छ ।
इस्तियाकले मन्त्री हुँदा धेरै भौतिक संरचना बनाएका छन् । विकासप्रेमी राईले क्रिकेट रंगशाला बनाउने कुरालाई जोड दिएर नवयुवाको मागलाई सम्बोधन गरेका छन् ।
खेल र खेलाडीले शहरको ओेजलाई बढाउँछन्, राष्ट्रलाई चिनाउँछन् । यस्ता गहना उत्पादन गर्न राईले प्राथमिकता दिएर एक नम्बरको एजेन्डामा समेटेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार