दार्चुला : दार्चुलाको अपिहिमाल गाउँपालिका–१, भट्टाड भन्ने ठाउँमा माथिबाट ठुलो पहिरो खस्दा चमेलिया नदी आंशिक रुपमा थुनिएको छ । पहिलो निरन्तर खसिरहेकाले दार्चुला र बैतडीका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ ।
दार्चुलाका मार्मा गाउँपालिका ,अपीहिमाल गाउँपललिका, बैतडीको डिलासै गाउँपालिका, दोगडाकेदा गाउँपालिका, दशरुथचन्द नगरपालिका, पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाएँपालिकासम्म उच्च सतर्कता अपनाइएको बैतडीका प्रमुख जिल्ला अधिकारी मीना अर्यालले बताइन् ।
ठुलो पानी परिरहेकाले पहिरो निरन्तर खसिरहेको डिलासैन गाउँपालिकाका अध्यक्ष सन्तोष जोशीले बताए । उनले भने, 'पहिरोका कारण चमेललया नदी आशिंक थुनिएको छ । सुरक्षा नियकासँग समन्वय गरि नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन सूचना जारी गरेका छौं ।'
2026-09-04
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार