Listen LIVE

नेपाल लाओससँग पराजित

काठमाण्डौ : एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको आफ्नो अन्तिम खेलमा नेपाल लाओससँग पराजित भएको छ।

लाओस नेसनल स्टेडियममा मंगलवार राति सम्पन्न खेलमा नेपाल १–० गोल अन्तरले पराजित भएको हो। 

यससँगै नेपाल छनोट प्रतियोगितामा जितविहीन रहँदै बाहिरिएको छ। मुख्य प्रशिक्षकको रुपमा गुलीएल्मो एरेनाले हारसहित नेपाली फुटबल यात्रा तय गरेका छन्।

फिफा वरियतामा नेपालभन्दा तल रहे पनि लाओसले प्रभावशाली प्रदर्शन गर्यो। खेलको १०औं मिनेटमा कप्तान बुम्मचम बुम्माथातको प्रहार नेपाली गोल रक्षक किरण चेम्जोङले असफल पारेका थिए। ४०औं मिनेटमा मनिष डाँगीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन्।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४७औं मिनेटमा लाओसले डेडलक तोड्यो। नेपाली डिफेन्सरहरुको गल्तीको फाइदा उठाउँदै कप्तान बुम्मचमले अग्रता दिलाएका थिए। 

त्यसपछि दुवै टिमबाट थप गोल हुन सकेन। यससँगै र लाओसले नेपालविरुद्धको हेड टू हेड अन्तर घटाएको छ। 

दुई टोलीबीच भएका ७ खेलमा नेपालले ४ र लाओसले २ खेल जितेको छ। एक खेल बराबरीमा सकिएको थियो। 

गत वर्ष भएको पछिल्लो भेटमा पनि नेपाल २–१ ले पराजित भएको थियो। 

यसै खेलमार्फत युवराज खड्काले राष्ट्रिय टिमबाट डेब्यु गरे। उनी मुख्य प्रशिक्षक एरेनाको पहिलो रोजाइमा परेका थिए।

यससँगै नेपालले ६ खेलमा ३ अंकसहित छनोट प्रतियोगिता समाप्त गरेको छ भने लाओसले सामान खेलमा ६ अंक जोड्यो। दुवै टोलीको अघिल्लो चरणको सम्भावना यस अघि नै समाप्त भइ सकेको थियो।

प्रतिक्रिया