Listen LIVE

प्रहरीमा कनिष्ठलाई वरिष्ठ, वरिष्ठलाई कनिष्ठ बनाउने काम भइरहेको छ : धवलशम्शेर

काठमाण्डौ : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका महामन्त्री एवम् प्रतिनिधि सभा सदस्य धवलशम्शेर राणाले प्रहरी सेवामा कनिष्ठलाई वरिष्ठ र वरिष्ठलाई कनिष्ठ बनाउने काम भइरहेको आरोप लगाएका छन् ।

आज प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।

‘प्रहरी सेवामा एसएसपीको बढुवाको कुरा धेरै चर्चामा आएको छ,’ उनले भने, ‘कनिष्ठलाई वरिष्ठ र वरिष्ठलाई कनिष्ठ बनाउने काम भइरहेको छ । यस्तो भयो भने प्रहरी सेवामा प्रहरीहरुको मनोवल घट्छ । र यो देशको हितको लागि पनि हुने छैन् ।’

प्रतिक्रिया