Listen LIVE

पूर्वमन्त्री राईद्वारा मतदान

नेपालगञ्ज : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बाँकेको नेपालगञ्जमा मतदान सुरु भएको छ। विभिन्न मतदान केन्द्रमा बिहान ७ बजेदेखि नै मतदान प्रक्रिया सुरु भएको जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ।

सोही क्रममा पूर्वमन्त्री तथा नेकपा (एमाले)का केन्द्रीय नेता मोहम्मद ईश्तियाक राईले नेपालगञ्ज–१५ स्थित आफ्नो मतदान केन्द्रमा मतदान गरेका छन् । मतदान केन्द्रमा पुगेका राईले सो केन्द्रमा सबैभन्दा पहिले मत खसाले। उनी बाँके क्षेत्र नं. २ बाट प्रतिनिधिसभाका उम्मेदवारसमेत हुन् ।

मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले लोकतन्त्रको महाकुम्भमा सहभागी भई मतदान गरेर आफ्नो जिम्मेवारी पूरा गरेको बताए। साथै उनले सम्पूर्ण मतदातालाई लोकतन्त्रको यस सुन्दर महापर्वमा सहभागी भई विवेकपूर्ण मतदान गर्न अपिल गरे।

उनले मतदानका लागि गरिएको व्यवस्थाप्रति सन्तोष व्यक्त गर्दै निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुने विश्वास व्यक्त गरे।

प्रतिक्रिया