Listen LIVE

रुपईडिहाको आसपास वन्यजन्तुको आतंक, चार जना घाइते

नेपालगञ्ज : नेपालगञ्जको सीमावर्ती भारती बजार रुपईडिहालगायत आसपासका गाउँमा जंगली हिंसक जनावरको आतंक बढ्दै गएको छ । रुपईडिहाको पश्चिमस्थित चकिया जंगल र पूर्वमा रहेको अब्दुल्लागंज जंगलबाट हिंसक जनावर गाउँमा प्रवेश गरी आक्रमण गर्न थालेका छन् । रुपईडिहाबाट दुबै जंगलको दुरी आठ–आठ किलोमिटर पर्दछ ।

अब्दुल्लागंज रेंजका वन क्षेत्राधिकारी पंकज साहुका अनुसार जंगल नजिकै रहेको चनैनी गाउँका दुई जनामाथि वन्यजन्तुले आक्रमण गरी घाइते बनाएको सुचनाका आधारमा खोज तलाश गर्दा स्थानीय कश्यप र राम धीरज यादव घाइते भएकोले दुबै जनालाई प्राथमिक उपचारका लागि सिएचसी अस्पताल चर्दामा भर्ना गरिएको छ ।

आज विहान गाउँ वाहिर पाटेबाघ देखिएको स्थानीयहरुले बताएका छन् । तर, जंगलदेखि गाउँसम्म कुन वन्यजन्तु ओहोरदोहोर गरेको भन्नेबारे स्पष्ट नभएको उनले जानकारी दिए । जंगली जनावर ओहोरदोहोर गर्ने सबै मार्गको सूक्ष्म निरीक्षण शुरु गरिएको उनले बताए ।

वन विभागको टोलीद्वारा निरन्तर गस्ती शुरु गरिएको र आसपासका गाउँहरुमा सचेतना अभियान सञ्चालन गर्नुका साथै बेलुकादेखि बिहानसम्म घरबाट ननिस्किन स्थानीयहरुलाई आग्रह गरिएको वन क्षेत्राधिकारी साहुले बताए ।

ड्रोन क्योमराबाट समेत निरानी शुरु गर्नुका साथै सम्भावित क्षेत्रमा वनका कर्मचारी र स्थानीय प्रहरीले निरन्तर गस्ती गरिरहेको वन क्षेत्राधिकारीलाई उधृत गर्दै रुपईडिहाबाट हाम्रा सहकर्मी सन्तोष शुक्लाले जनाएका छन् ।

आज उक्त हिंसक जनावर नबावगंज क्षेत्रमा पनि पुगेर आक्रमण गर्दा दुई जना घाइते भएका छन् । उक्त जनावर पाटेबाघ रहेको नबावगंजका स्थानीयले बताएको श्रोतले जनाएको छ ।

प्रतिक्रिया