Listen LIVE

आकर्षक र महत्त्वाकांक्षी घोषणा लिएर आए दलहरू

काठमाण्डौ : राजनीतिक दलहरूले भ्रष्टाचार नियन्त्रण, आर्थिक विकास, संविधान संशोधन, रोजगारी व्यवस्था र सार्वजनिक सेवा सुधारलाई मुख्य प्राथमिकतामा राखेर चुनावी घोषणापत्र ल्याएका छन् । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले ‘प्रतिज्ञापत्र’, ‘वाचापत्र’, ‘संकल्पपत्र’ जस्ता नाममा घोषणापत्र ल्याएका हुन् ।

घोषणापत्रमा गत भदौमा भएको जेन–जी विद्रोहको छाया देखिएको छ । युवा पुस्ताको विद्रोही भावना, भ्रष्टाचारविरुद्धको आक्रोश र राजनीतिक स्थायित्वको मागलाई सम्बोधन गर्ने वाचा दलहरूले गरेका छन् । संवैधानिक निकायलाई प्रभावी बनाउन संरचनागत सुधार तथा नियुक्तिमा दलीयकरण अन्त्यका लागि संविधानमै संशोधन गर्ने प्रतिबद्धता अधिकांश दलले गरेका छन् । 

आर्थिक सुधार, विकास र रोजगारीलगायत विषयमा दलहरूको प्रतिबद्धता लगभग उस्तै देखिए पनि शासकीय स्वरूप, संघीयताको पुनःसंरचना, भ्रष्टाचार नियन्त्रणजस्ता विषयमा दलगत कार्यदिशा फरक–फरक आएका छन् । 

जनकपुरमा बुधबार ‘भिजन टेन’ को संक्षिप्त प्रतिज्ञापत्र सार्वजनिक गरेको कांग्रेसले भोलिपल्टै संघीय राजधानीबाट विस्तृत खाका सार्वजनिक गरेको छ । एमालेले पनि बिहीबार नै घोषणापत्रको डिजिटल प्रति सार्वजनिक गरेको छ । आइतबार नागरिक करारपत्र सार्वजनिक गरेको रास्वपाले बिहीबार ‘वाचापत्र’ सार्वजनिक गरेको छ । नेकपाले २७ माघमै प्रतिबद्धतापत्र सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया