काठमाण्डौ : नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका छन्।
पोखरेलले १ हजार २२८ मत प्राप्त गर्दै आफ्ना प्रतिस्पर्धी सुरेन्द्र पाण्डेलाई पराजित गरेका हुन्। पाण्डेले ९९९ मत प्राप्त गरे।
यसअघि पनि पोखरेल १०औँ महाधिवेशनबाट महासचिव पदमै निर्वाचित भएका थिए।