काठमाण्डौ : राष्ट्रियसभामा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ हटाएकोमा बिरोध भएको छ । राष्टियसभाको बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरु आ–आफ्नो आसनमा उभिएर विरोध जनाएका हुन् ।
राष्टियसभामा माओवादी केन्द्रका गोपीशर्मा अछामीले सरकारले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिंगलाई हटाइएकोमा बिरोध गरेका छन् । प्रधानमन्त्रीले स्पष्टिकरण नदिएसम्म सदन नचलाउन आग्रह गरे ।लोडसेडिंग अन्त्य गर्ने घिसिंगलाई पुरस्कृत गरिनुपर्नेमा दण्डित गरिएकोमा उनले आपत्ति जनाए ।
आजै प्रतिनिधिसभाको बैठकमा पनि विपक्षी दलहरूले स्वार्थ समूह एवं विचौलियाको हितमा लागि परेर नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाएको आरोप लगाउँदै विरोध जनाएका थिए ।
2025-03-26
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार