Listen LIVE

‘हिमाली क्षेत्रका जोखिमयुक्त वस्ती सुरक्षित स्थानमा स्थानान्तरण अवश्यक’

दाङ : सत्तारुढ दलका नेता एवम् नेकपा (एमाले)का महासचिव शंकर पोख्रेलले  हिमाली क्षेत्रका जोखिमयुक्त वस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरणका लागि योजना बनाउनुपर्ने बताएका छन् । 

हुम्ला जिल्लाका नाम्खावासी पहिरोको गएपछि महासचिव पोख्रेलले सामाजिक सञ्जालमा आफ्नो धारण राख्दै यस्तो बताएका हुन् । उनले जलवायु परिवर्तनले हिमालय क्षेत्रमा परेको र पर्नसक्ने असरका वारे वारेमा सगरमाथा सम्वाद चलिरहेका वेलामा यस्तो घट्ना हिमाली क्षेत्रका जोखिमयुक्त वस्तिहरुको पहिचान गरेर सुरक्षित स्थानमा स्थानान्तरणका लागि योजना बनाउनु आवश्यक रहेको बताए । 

“जलवायु परिवर्तनले हिमालय क्षेत्रमा परेको र पर्नसक्ने असरका वारे वारेमा सगरमाथा सम्वाद चलिरहेका वेलामा हुम्ला जिल्लाका नाम्खावासी पहिरोको कारणले घरवार विहिन वन्न पुगेका छन्,’’ महासचिव पोख्रेलले भने, ‘‘अब ढिलो नगरी हिमाली क्षेत्रका जोखिमयुक्त वस्तिहरुको पहिचान गरेर सुरक्षित स्थानमा स्थानान्तरणका लागि योजना बनाउनु आवश्यक छ ।’’ सुरक्षित क्षेत्र पहिचान गरेर वन क्षेत्र र संरक्षण क्षेत्रवाट अलगगरी सुरक्षित वस्ति विकासको योजना अघि उनले सुझाव दिए ।

प्रतिक्रिया