नेपालगञ्ज : नेपाली काङ्ग्रेस बाँकेले एकजना महासमिति सदस्य र एक जना प्रदेश महाधिवेशन प्रतिनिधिलाई साधारण सदस्यसमेत नरहनेगरि कारवाहीको सिफारिस गरेको छ ।
पार्टीको आचरण, अनुशासन र विधान विपरित कार्य गरेको भन्दै महासमिति सदस्य लक्ष्मी नारायण शाह र प्रदेश महाधिवेशन प्रतिनिधी राजु यादवलाई ५ बर्षसम्म पार्टीको साधारण सदस्य नरहने गरि अनुशासनको कारवाहीका लागि सिफारिस गरेको हो ।
दुबैजनालाई पार्टीको आचरण, अनुशासन र विधान विपरित पार्टीको तर्फबाट बाँके निर्वाचन क्षेत्र नम्बर ३ का उम्मेदवार एवं नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन विरुद्धको गतिबिधिमा संलग्न भइ पार्टीलाई हानीहुने कार्य गरेको आरोप लगाइएको छ । बाँके कांग्रेसले उनीहरुलाई विधान २०१७ को परिच्छेद ९ को धारा ३४, उपधारा -क) र -ख) तथा पार्टीको नियमावली २०७६ परिच्छेद १० -२९) को १-क) र -ङ) बमोजिम ५ वर्षका लागि साधारण सदस्य समेत नरहने गरि पार्टीबाट निष्काशन गर्न सिफरिस गरेको छ ।
निर्वाचनको समिक्षा गर्न नेपालगञ्जमा बसेको बैठकमा कारवाहीको सिफरिस सुनाएलगत्तै शाह र यादव समर्थकहरुले नाराबाजी गर्नुका साथै केहीबेर भेलामा हो हल्ला गरेका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार