Listen LIVE

नयाँ सरकार गठनका लागि ओली–देउवाको हस्ताक्षर

काठमाण्डौ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनका लागि आवश्यक कागजातमा हस्ताक्षर गरेका छन्।

केही समय अघि उनीहरूबीच हस्ताक्षर भएसँगै अब नयाँ सरकार गठनको आवश्यक प्रक्रिया अघि बढाउने तयारी भएको एमाले सांसद सूर्य थापाले जानकारी दिए।

आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएसँगै नयाँ सरकार गठनका लागि बाटो खुला भएको थियो। नयाँ सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलले आवश्यक परामर्शसमेत थालिसकेका छन्।

प्रतिक्रिया