Listen LIVE

करेन्ट लागेर बर्दियामा सहचालकको मृत्यु

बर्दिया : बर्दियामा करेन्ट लागेर एकजना सहचालकको मृत्यु भएको छ । गुलरिया नगरपालिका— १२ भैसाहीमा काठ लोड गरेको ट्रकमाथि बसेका बाँसगढी नगरपालिका —९ बस्ने पुरन थारूको मृत्यु भएको हो । 

भैसाहीदेखि नेपालगञ्ज काठ लैँजादै गरेको लु १ ख ५७४७ नम्बरको काठ लोडको ट्रकमाथि बसेर विद्युतको तार पन्छाउने क्रममा करेन्ट लागेको प्रहरीले जनाएको छ । गाडिले छुनसक्ने तारलाई गाडिमाथि चढेर पन्छाउने क्रममा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले बताए । 

करेन्ट लागेर घाइते भएका थारूलाई उपचारका लागि बर्दिया अस्पताल लगिएको थियो । सोही क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए । ट्रक र चालक बाँसगढी नगरपालिका —९ बस्ने रामप्रसाद थारूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया