Listen LIVE

वडा प्रहरी कार्यालय नेपालगञ्जको नागरिक सुनुवाई सम्पन्न

नेपालगञ्ज : वडा प्रहरी कार्यालय नेपालगञ्जले नगरिक सुनुवाई गरेको छ । कार्यालयका प्रमुख प्रहरी निरीक्षक हरि बहादुर बिसीको अध्यक्षता एवं नेपालगञ्ज उपमहनागरपालिका वडा नं. ६ का वडाध्यक्ष समिर प्रताप सिंहको प्रमुख आतिथ्यतामा नागरिक सुनुवाई सम्पन्न भएको हो ।

नागरिक सुनुवाई कार्यक्रममा प्रहरीले प्रदान गर्दै आएको सेवा तथा आगामी दिनमा गर्नुपर्ने कार्यको विषयलाई लिएर स्थानीय जनतासँग राय सुझाव लिनुपर्ने कुरामा जोड दिइएको थियो । कार्यक्रममा सहभागीहरुले प्रहरीको सेवालाई थप प्रभावकारी बनाउनु पर्ने सुझाव दिएका थिए ।

कार्यक्रममा उठेका प्रश्न तथा गुनासहरूलाई सम्बोधन गर्दै प्रहरी निरीक्षक बिसीले वडा प्रहरी कार्यालय नेपालगञ्जले प्रदान गर्दै आएको सेवालाई प्रभावकारी बनाउँदै शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि प्रहरीसँग हातेमालो गर्न आग्रह गरे । उनले प्रहरीलाई सूचना दिने तथा गलत प्रवृति देखेमा त्यसलाई नियन्त्रण गर्नका लागि सुझाव तथा सल्लाह दिई अपराध नियन्त्रण र अनुसन्धान कार्यमा सहयोग गर्न नागरिकलाई अनुरोध गरे ।

कार्यक्रममा वडा नं ५ का वडाध्यक्ष सराफत हुसेन शेष, पुर्व सांसद मो.याकुब अन्सारी, धार्मिक सद्भाव समितिका अध्यक्ष दिपक लोध, कवाड व्यवसायी संघका अध्यक्ष मो.उमर हलवाई, यातायात व्यावसायी, समाजसेवी, पत्रकार, स्थानिय लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया