Listen LIVE

लगानीमैत्री वातावरण बन्दैछ : महासचिव पोखरेल

दाङ : नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले एमाले–काङ्ग्रेस गठबन्धन सरकार गठन भएसँगै देशमा लगानीमैत्री वातावरण बनेको बताएका छन् । घोराही उपमहानगरपालिका –१० नारायणपुरमा नेत्रलाल स्मृति सभाहलको शिलान्यास गर्दै महासचिव पोखरेलले सो कुरा बताएका हुन् । 

दक्षिण एसियामा भारतपछि नेपाल बाह्य लगानी दोस्रो आकर्षणको मुलुक भएको बताए । कार्यक्रमका महासचिव पोखरेलले नेत्रलाल अभागीको कम्युनिष्ट आन्दोलनमा महत्त्वपूर्ण योगदान रहेको चर्चा गरे ।  

उनले शैक्षिक जागरण अभियानमा नेत्रलाल अभागीको महत्त्वपूर्ण भूमिका रहेको बताए । महासचिव पोखरेलेले हरेक विद्यार्थीमा ‘म बनाउँछु, मेरो देश’ शैक्षिक जागरण ल्याउनुपर्ने बताए ।

नेत्रलाल स्मृति प्रतिष्ठानका अध्यक्ष शम्भु गौतमले एक करोड ६८ लाखमा स्मृति सभाहल निर्माण सुरु भएको बताए । उनले सिद्धरत्न मावि नारायणपुर र प्रतिष्ठानको समन्वयमा सभाहल निर्माण सुरु भएको बताए । सल्यानमा नेत्रलाल बहुप्राविधिक शिक्षालय, तुलसीपुर –१८ अक्कासीमा नेत्रलाल प्रावि, लमहीमा नेत्रलाल स्मृति भवन रहेका छन् । घोराही –१६ मा नेत्रलाल स्मृति रङ्गशाला निर्माणाधीन अवस्थामा रहेको छ ।

प्रतिक्रिया