काठमाण्डौ : माल्दिभ्समा हुन लागेको २० वर्षमुनिको काभा महिला भलिबल प्रतियोगितामा बिहीबार नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्ने भएको छ। नेपाल र श्रीलंकाबीचको खेल मालेमा राति सवा ९ बजेदेखि हुनेछ।
जुलाई २३ सम्म चल्ने प्रतियोगितामा नेपालले पहिलो पटक उमेर समूहमा प्रतिस्पर्धा गर्न लागेको हो। सेन्ट्रल एसियन भलिबल एसोसिएसन–काभाको कार्यक्रम अनुसार हुन लागेको प्रतियोगितामा नेपाल, श्रीलंका, आयोजक माल्दिभ्स र किर्गिस्तान गरी चार टोली सहभागी छन्।
नेपालले दोस्रो खेलमा पर्सि २० जुलाईमा कीर्गिस्तानसँग र तेस्रो खेलमा पनि २० जुलाईमै माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ। सिंगल राउण्ड रोविनका आधारमा हुने खेलमा सबै टिमले एक आपसमा खेलेपछि सेमिफाइनल खेल हुनेछन्। लिगमा पहिलो हुने र चौथो हुने तथा दोस्रो हुने र तेस्रो हुनेबीच सेमिफाइनलहुनेछ।
फाइनल खेल जुलाई २३ मा हुनेछ। महिला भलिबल टोलीमा सलिना बुढा मगर, जेनिशा विश्वकर्मा, एलिसा मानन्धर, निशा महर, भावना तामाङ, एञ्जिला प्रधान, निशा चौधरी, आरती चौधरी, मिना सुनार, अनुषा चौधरी, स्नेहा ठगुन्ना र आशिका क्षेत्री छन्।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार