नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८ को वार्षिक योजना तर्जुमा एवं वडा भेला सम्पन्न भएको छ ।
नेपालगञ्ज उप–महानगरपालिका वड़ा नं ८ का वडा अध्यक्ष रजनीश बाजपईको संयोजकत्वमा २०८१/०८२ का लागि वार्षिक योजना तर्जुमा एवं वडा भेला योजना प्रस्तावका साथै वडा भेला सम्पन्न भएको हो ।
नेपालगञ्ज रेडक्रास सोसाइटीका अध्यक्ष ओमप्रकाश आजादको प्रमुख अतिथ्यतामा सम्पन्न भएको वडा भेलामा विशिष्ट अतिथि नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नन्दलाल बैस्य, अतिथि करमचंद आजाद, सभाअध्यक्ष रजनीश बाजपई रहेका थिए ।
प्रेम बाजगईले कार्यक्रम सञ्चालन गरेको कार्यक्रममा वडा सदस्य निखिल वैस्य, अमन गुप्ता, बिमला देवी वैस्य, निर्मला कनोजिया, वडा सचिव शान्ता बर्ति लगायतहरुको उपस्थिति रहेको थियो ।
2024-06-19
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार