Listen LIVE

अर्जेन्टिना कोपा अमेरिकाको क्वार्टरफाइनलमा

काठमाण्डौ : अर्जेन्टिना कोपा अमेरिका फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। 

आज बिहान अमेरिकाको मेट लाइफ स्टेडियममा भएको खेलमा अर्जेन्टिनासँग चिली १–० ले पराजित भयो। जितसँग ग्रुप ए मा रहेको अर्नेन्टिना क्वार्टरफाइनमा प्रवेश गरेको हो।

अर्जेन्टिनाको जितमा लाउरियो मार्टिनेजले ८८ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।  निकै प्रतिस्पर्धात्मक खेलमा चिलीले अर्जेन्टिलाई ८८ मिनेटसम्म गोल गर्न रोकेको थियो।  

ग्रुप ए मा आजै भएको खेलमा क्यानडाले पेरुलाई १–० ले हराएको थियो। क्यानडाको पहिलो जित हो। पहिलो खेलमा क्यानडा अर्जेन्टिनासँग २–० ले पराजित भएको थियो।  

अर्जेन्टिनाले समूह चरणको अन्तिम खेलमा पेरुसँग आइतबार खेल्नेछ भने सोही दिन क्यानडाले चिलीको सामना गर्नेछ।

प्रतिक्रिया