Listen LIVE

नेपाल आँखा अस्पतालको मेडिकल डाइरेक्टरमा डा. शाक्य

नेपालगञ्ज : नेपाल आँखा अस्पतालको मेडिकल डाइरेक्टरमा नेत्ररोग विशेषज्ञ डा. किरण शाक्य नियुक्त भएका छन् । यसअघि मेडिकल डाइरेक्टरमा डा. कमल बहादुर खड्का थिए ।

नेपाल आँखा अस्पतालको सञ्चालक समितिको बैठकले शुक्रबार डा. शाक्यलाई अस्पतालको मेडिकल डाइरेक्टरमा नियुक्त गरेको हो । डा. शाक्य फेको तथा भिट्रो रेटिनल सर्जनको रुपमा नेपाल आँखा अस्पतालमै कार्यरत थिए ।

डा. शाक्य १३ वर्षदेखि नेपाल आँखा अस्पतालमा कार्यरत छन् । नेपाल आँखा अस्पतालले यसै वर्ष डा. शाक्यलाई सर्जन अफ द इयरको रुपमा पुरस्कृत समेत गरेको थियो ।

प्रतिक्रिया