बैजनाथ (बाँके) : बाँकेको बैजनाथ गाउँपालिका–३, सुतैयामा अवस्थित मानव निर्मित कृत्रिम कन्वाताल करिब ७ हेक्टर क्षेत्रफलमा फैलिएको छ । स्थानीय समुदायका लागि मात्र होइन, समग्र जिल्लाकै महत्वपूर्ण प्राकृतिक सम्पदाका रूपमा यो ताल परिचित बन्दै गएको छ । हरियाली वन, शान्त वातावरण र स्वच्छ पानीले भरिएको यो ताल आज पर्यटकीय तथा जैविक विविधताको दृष्टिले उल्लेखनीय स्थल बनेको छ ।
ताल अवलोकन तथा मनोरञ्जनका लागि आन्तरिक र बाह्य दुवै पर्यटकहरू यहाँ आउने गर्दछन् । सीमसारले पर्यावरण सन्तुलन, पानी शुद्धीकरण, वन्यजन्तुको बासस्थान, मनोरञ्जन, अनुसन्धान तथा शैक्षिक गतिविधिमा यो तालले महत्वपूर्ण भूमिका खेलेको छ । सीमसार मुख्यतः पानीमा आश्रित चरा, जिवजन्तुका लागि नभई नहुने तत्व पनि हो ।
2025-12-30
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार