Listen LIVE

गृहमन्त्री अर्यालद्वारा सीमा नाकाको निरीक्षण

धनगढी : गृहमन्त्री ओमप्रकाश अर्यालले कैलालीस्थित नेपाल–भारत त्रिनगर–गौरीफन्टा सीमा नाकाको निरीक्षण गरेका छन् । 

मङ्गलबार धनगढीमा हुने प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधनका लागि आज धनगढी आएका उनले सीमा नाका पुगेर अनुगमन गरेका हुन् । अर्यालसँगै सुरक्षा निकायका प्रमुख, मन्त्रालयका सहसचिव, उपसचिवसहित सीमा नाकामा पुगेका थिए । 

प्रदेशको सुरक्षाको वस्तुगत अवस्था, समस्या तथा चुनौती, अपराध नियन्त्रण, सीमा सुरक्षा तथा आगामी निर्वाचनको सम्बन्धमा प्रदेश सरकारको तर्फबाट प्रतिवेदन पेस गर्न भोलि धनगढीमा सुरक्षा गोष्ठी आयोजना गरिदैँछ । 

गोष्ठीका लागि आज गृहसचिव रामेश्वर दङ्गाल, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, नेपाली सेनाको बलाधिकृत रथी प्रदीपजङ्ग केसी, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक टेकेन्द्र कार्कीसमेत धनगढी पुग्ने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

प्रतिक्रिया