Listen LIVE

पर्यटनको विकासका लागि सहयोग हुने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय सुकेधारामा निर्माण भएको मक्र्युर होटेलको आज उदघाटन गर्दै पर्यटन उद्योगको विकासका लागि सरकारका तर्फबाट हरसम्भव सहयोग हुने प्रतिबद्धता व्यक्त गरेका छन् । 

होटेल व्यवसायका क्षेत्रमा विश्वव्यापी सञ्जाल बनाएको अक्योर कम्पनी मातहतमा नेपालमा पहिलोपटक मक्र्युर होटेल सञ्चालामा आएको हो । 

त्यसअवसरमा प्रधानमन्त्री ओलीले फ्रान्सेली पर्यटकलाई नेपाल भ्रमण गराउन उक्त होटेलले योगदान गर्ने विश्वास व्यक्त गरे । उनले होटेल व्यवसायमा मक्र्युरले नयाँपन दिँदै यस व्यवसायलाई प्रोत्साहन पुग्ने बताए ।

प्रतिक्रिया