Listen LIVE

एक्सनमा अर्थमन्त्रीः पूँजीबजारका समस्या र समाधानबारे कार्ययोजना पेश गर्न निर्देशन दिएका छन् ।

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले पूँजीबजारका समस्या र समाधानबारे सुझाव पठाउन नियामक निकायहरुलाई निर्देशन दिएका छन् । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से), धितोपत्र बोर्ड र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको नाममा पत्र पठाउँदै अर्थमन्त्री पुनले पूँजीबजारको सुधारका लागि आवश्यक कार्ययोजना पेश गर्न निर्देशन दिएका हुन्

देशको अर्थतन्त्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने पूँजी बजारमा देखिएको समस्या समाधान एवम् त्यस क्षेत्रको विकास र विस्तारका लागि तत्काल गर्नुपर्ने कामहरुको सम्बन्धमा सरोकारवालाहरुको रायसमेत लिई सात दिनभित्र कार्ययोजना पेश गर्नहुन अनुरोध छ ।’; अर्थमन्त्रालको पत्रमा उल्लेख छ । अर्थ मन्त्रालयको पत्र यस्तो छ:




प्रतिक्रिया